काठमाडौँ । अमेरिकी नागरिक राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । हाल अमेरिकाका सबै ५० राज्यका करिब १२ सय स्थानमा ट्रम्पविरुद्ध नागरिक प्रदर्शनमा उत्रिएका हुन् ।
अमेरिकामा सुरु भएको ट्रम्पविरुद्धको उक्त विरोध प्रदर्शनलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ ।
प्रदर्शनमा उत्रिएका नागरिकहरुले दोस्रोपटक राष्ट्रपतिको कार्यकाल सम्हालेपछि ट्रम्पले सामाजिक र आर्थिक मामिला लगायतका थुप्रै विषयमा अघि सारेका एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अझ ट्रम्पले विश्वव्यापी भन्सार शुल्क लागू गरेपछि अमेरिका बाहिर पनि ट्रम्पविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा प्रदर्शनकारीले ट्रम्पसँगै ट्रम्प प्रशासनका व्यक्तिहरुकोसमेत आलोचना गरेका छन् । जसमध्ये सबैभन्दा धेरै राष्ट्रपतिको सल्लाहकार एलन मस्कको आलोचना गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः