Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफ इन्स्योरेन्सको सेल्स ट्रान्सफर्मेशन सेसन सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफर्मेशन सेसन सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बाबजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत बताए ।

अग्रवालले ग्राहकमैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न सञ्चालक समिति सदैव तयार रहेको बताए । सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहुँचलाई आम नागरिकबीच पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा उनले जोड दिए ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु,कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ-आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई कम्पनीको लिगेसीलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए  ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK