काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यलयले बुधबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रक्षेपणअनुसार यस वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय ५० डलरले बढेर १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ । गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्