Skip to content
LAXMI SUNRISE BANK

आइतबार १६.६८ अंकले घट्यो नेप्से परिसूचक, बजार २७०६.०४ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK