काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ८६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्