काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.३६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १७ कम्पनीको एक करोड ७३ हजार ८ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचरको भएको छ । यस कम्पनीको ४२ करोड ७५ लाख ६८ हजार ४ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, बुधबारको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, सिन्धु विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्