Skip to content
LAXMI SUNRISE BANK

बुधबार ९.६६ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.३६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको एक करोड ७३ हजार ८ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचरको भएको छ । यस कम्पनीको ४२ करोड ७५ लाख ६८ हजार ४ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, बुधबारको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, सिन्धु विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK