Skip to content
LAXMI SUNRISE BANK

तिनकुने घटनाका आरोपित राणालाई रिहा गर्ने तयारी

अर्थ सरोकार

काठमाडौँ । चैत १५ गतेको तिनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालयले हिरासतमा रहेका राणालाई हाजिर जमानीमा रिहा गर्ने लागेको हो ।

क्यान्सरका बिरामी राणालाई नियमित उपचारका लागि भारत जानुपर्ने भएकाले हाजिर जमानीमा छाड्न लागिएको बुझिएको छ । उपचार लगत्तै उनलाई पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको स्रोतले जनाएको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि तिनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक भएको भन्दै उनलाई सोहि दिन पक्राउ गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK