×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम सिएको २१औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न, विद्यार्थीलाई सम्मान 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राइम सिएको २१औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न, विद्यार्थीलाई सम्मान 

Artha Sarokar

३१ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राइम सिएको २१औँ वार्षिक उत्सव सम्पन्न भएको छ । सन् २००४ मा स्थापना भएको प्राइम सिएको शनिबार २१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्राइम सिएमार्फत सन् २०२४ मा सिए बन्न सफल विद्यार्थी, र्यान्क होल्डर विद्यार्थी, अन्य कलेजका प्राचार्य तथा बोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्‌घाटन संस्थाका अध्यक्ष सिए नवराज बुर्लाकोटीले गरेका थिए । 

कार्यक्रमको उद्‌घाटन गर्दै बुर्लाकोटीले प्राइम सिएले २१ वर्षे यात्रामा विद्यार्थीहरुको मिहेनत, अभिभावकको सहयोग, योग्य कर्मचारी र दक्ष तथा अनुभवी शिक्षकको योगदानका कारण सिएको प्रत्येक तहमा प्राइमका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेको बताएका छन् ।

उनले प्राइम सिएमार्फत ११ सय भन्दा बढी विद्यार्थी सिए बनेको भन्दै सबैप्रति आभार प्रकट गरेका छन् । त्यस्तै, उनले सन् २०२४ मा नेपाल बोर्डबाट सिए हुने ११९ जनामध्ये ७९ जना प्राइमको विद्यार्थी रहेको समेत जानकारी दिएका छन् । 

त्यस्तै, कार्यक्रममा प्राइम सिएमा अध्ययन गरी सन् २०२४ मा उत्तीर्ण भएका विद्यार्थी र सन् २०२४ मा प्रत्येक तहमा र्यान्क होल्डर बन्न सफल विद्यार्थीलाई सम्मान प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीहरुले पनि प्राइम सिएको उच्चस्तरीय शैक्षिक वातावरण, गुणस्तरीय पाठ्यसामग्री, गुणस्तरीय शिक्षा, दक्ष व्यवस्थापन, अनुभवी तथा खारिएका स्रोत व्यक्तिहरूको सही मार्गदर्शनले आफूलाई लक्ष्य प्राप्त गर्न सहज भएको बताएका छन् । 

प्राइम सिएले आफ्नो २१औँ वार्षिक उत्सवको अवसरमा सिए पढ्न चाहने मेहनती, क्षमतावान विद्यार्थीहरुलाई १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । त्यस्तै, आगामी दिनहरूमा विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक तथा नेतृत्व विकासका लागि अझ नवीनतम शिक्षण सिकाइ कार्यक्रमहरु, मूल्याङ्कन पद्धतिहरू, तालिम तथा सेमिनारहरू, फरक फरक क्षेत्रका विज्ञहरूद्वारा अतिथि कक्षाहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी