Skip to content
LAXMI SUNRISE BANK

पियोर इनर्जीको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो ?

अर्थ सरोकार

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले बैशाख ११ गते बिहीबार गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आवेदन दिएकामध्ये १ लाख १९ हजार ५२० जनाले मात्र १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले चैत २८ गते देखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो ।

आईपीओको नतिजा पियोर इनर्जीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट वा सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK