×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इदको अवसरमा कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इदको अवसरमा कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी 

Artha Sarokar

१९ चैत्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कतार सरकारले १८ जना नेपाली कैदीलाई आममाफी दिएको छ । कतारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका १८ जना नेपाली कैदीलाई आममाफी दिएको हो । 

इद पर्वको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कतार सरकारलाई धन्यवाद दिएको छ । 

कतार सरकारको उक्त निर्णयलाई मन्त्रालयले मानवीय आधारमा गरिएको सौहार्दपूर्ण कदमका रुपमा उल्लेख गरेको छ । त्यस्तै, उक्त निर्णयले नेपाल-कतार द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्नेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ । 

नेपाल सरकारले कतारको दोहास्थित नेपाली राजदूतावासमार्फत नेपाली कैदीलाई आममाफीका लागि कतारसँग अनुरोध गरेको थियो । जुन अनुरोधलाई स्वीकार्दै कतारले कतारमा जेल जीवन बिताइरहेको १८ जना नेपालीलाई आममाफी दिएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी