Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको नाफा १४.८० प्रतिशतले बढ्यो (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । सानिमा बैंकको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १४.८० प्रतिशतले बढेको हो ।  चैत मसान्तसम्म बैंकले कुल १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ नाफा  कमाएको छ । जबकि गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब ४३ करोड थियो ।

यस अवधिमा सानिमा बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ५९ करोडबाट घटेर १ अर्ब ४० करोड रुपैयाँमा आएको छ ।

यता खुद ब्याज आम्दानी भने ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड २८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

त्यस्तै, सञ्चालन नाफा भने ९.१२ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK