काठमाडौँ। स्टार्टअप हब नेपालले आयोजना गरेको ‘स्टार्टअप वर्ल्डकप नेपाल २०२५’ सम्पन्न भएको छ । बिहीबार काठमाडौँको होटल मनाङमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
स्टार्टअप वर्ल्डकप नेपालको फाईनलमा १२ स्टार्टअपमध्ये ९ लाई पछि पार्दै डिएलसर्फ बिजेता बनेको छ । क्लाउड स्टोरेज समाधानमा नवप्रवर्तन ल्याएको डि एल सर्फ नेपालले स्टार्टअप वर्ल्ड कप नेपाल २०२५ जित्दै उत्कृष्ट स्टार्टअपको उपाधि हात पारेको छ।
स्टार्टअप हब नेपालले आयोजना गरेको प्रतियोगिता अमेरिकी कम्पनी पिगासस टेक भेन्चरद्वारा सुरुआत गरिएको हो। जसले विश्वका १०० भन्दा बढी देशमा स्टार्टअप वर्ल्ड कपको आयोजना गर्दछ। नेपालमा यो कार्यक्रम वर्ल्ड ट्रेड ग्रुप नेपालको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालले भित्र्याएको हो।
डिएलसर्फले अब अमेरिकाको सिलिकन भ्यालीमा हुने अन्तर्राष्ट्रिय फाईनलमा भाग लिनेछ। प्रतियोगितामा विश्व विजेता बन्न सकेमा १ मिलियन अमेरिकी डलर (झण्डै १३ करोड) नेपाली रुपैयाँको लगानी पुरस्कार जित्न सकिनेछ। कार्यक्रममा औद्योगिक व्यवसाय विकास संस्थान, आईसीटी एसोसिएसन अफ नेपाल, रोबोटिक्स एसोसिएसन नेपाललगायत संस्थाहरूको सहकार्य र समर्थन रहेको थियो।
स्टार्टअप वर्ल्ड कपका साउथ एसिया प्रमुख डा.शम्भु पोखरेलले यो प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने ठूलो मञ्च प्रदान गर्ने जनाएका छन्।बाँकी तस्विरमा हेर्नुहोस्:



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्