काठमाडौँ । शिक्षक महासंघले निजी विद्यालय पनि बन्द गर्न आह्वान गरेको छ । महासंघले विज्ञप्ति नै जारी गरेर निजी विद्यालय बन्द गर्न आह्वान गरेको हो ।
हाल देशभरका शिक्षकहरु शैक्षिक हड्तालमा भएकाले निजी विद्यालय पनि बन्द गर्न निजी विद्यालयका सञ्चालकहरुलाई महासंघले अपिल गरेको हो ।
‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ ।’, महासंघको विज्ञप्तिमा भनिएको छ । त्यस्तै, महासंघले देशभरका विद्यालय बन्द गरेर शिक्षकहरुलाई काठमाडौँ आउन पनि आग्रह गरेको छ ।
पछिल्लो १९ दिनदेखि शिक्षकहरु शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौँमा आन्दोलनरत छन् । सामुदायिक विद्यालयहरु पूर्ण रुपमा बन्द गरेर आन्दोलनमा होमिएका शिक्षकहरुले परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका जाँच गर्ने र शिक्षकसँग सम्बन्धित सबै गतिविधि ठप्प पारेका छन् । त्यस्तै, कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि शिक्षक महासंघले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्