काठमाडौँ । टेस्ला एसीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै अन्तराष्ट्रिय टूर प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले भाग्यशाली विजेतालाई ‘बाली टूर’मा पठाउने योजना सार्वजनिक गरेको हो ।
उक्त योजना चैत २० गतेदेखि आगामी वैशाख ३१ गतेसम्म लागू हुने भू-लक्ष्मी प्रालिका सिइओ किरण आचार्यले जानकारी दिएका छन् । सिइओ आचार्यका अनुसार उक्त योजनामा देशभरका हरेक डिलरबाट पहिलो २० जना ग्राहकलाई मात्रै उक्त योजनामा सहभागी गराइनेछ । ती २० जनामध्येबाट गोलाप्रथा गरी एक जना भाग्यशाली जोडीलाई बाली टूर प्याकेजको विजेता बनाइनेछ ।
भाग्यशाली विजेता जोडीले दुई रत र तीन दिनको ‘बाली टूर’को सुनौलो अवसर हात पार्नेछन् । गोलाप्रथाको निर्णय भने आगामी जेठ १ गते हुने सिइओ आचार्यले जानकारी दिएका छन् । उनका अनुसार योजनाको नतिजा सार्वजनिक गरिएको तीन दिनभित्र विजेताले आफ्नो आवश्यक डकुमेन्ट डिलरमा बुझाउनुपर्नेछ । आवश्यक सबै डकुमेन्ट पाएको ३० दिनभित्र कम्पनीले भाग्यशाली जोडीलाई बाली टुरको लागि बिदाई गर्ने छ ।
यो योजना नेपालभरको डिलरबाट उपलब्ध हुनेछ । भाग्यशाली जोडीले आफ्नो व्यक्तिगत कारणले भिसा नपाएमा कम्पनी जवाफदेही नहुने र बाँकी १९ जनामध्येबाट पुनः भाग्यशाली जोडी छनौट गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्