काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईं चढेर भागेको गाडी नियन्त्रणमा लिएको छ । चैत १५ गते तीनकुनेको हिंसात्मक आन्दोलनपछि प्रसाईंले भाग्न प्रयोग गरेको बिएबी ४२०८ नम्बरको एसयुभी गाडी नियन्त्रणमा लिइएको हो ।
उक्त गाडी इटहरीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त गाडी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
इटहरीबाट नियन्त्रणमा लिइएको उक्त गाडी हाल कार्यालयकै परिसरमा राखिएको छ । दुर्गा प्रसाईं चढेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा सोही भिडियोका आधारमा गाडीको पहिचान गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गाडी इटहरीमा फेला परेसँगै प्रसाईं भारत भागेको हुनसक्ने आशंका गरिएको छ । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्