काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय ख्याम खड्का र २३ वर्षीय इश्वर पोख्रेल रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये खड्काले दुई जनालाई युके पठाउने भन्दै ३६ लाख रुपैयाँ र पोख्रेलले एक जनालाई क्यानाडा पठाउने भन्दै १० लाख ५१ हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।