काठमाडौँ । पछिल्लो सात घण्टामा जाजरकोटमा दुई पटक भूकम्प गएको छ । सोमबार राती मात्रै जाजरकोटको कुशे गाउँपालिकास्थित पैंक भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो पटक भूकम्प ९ बजेर ३१ मिनेटमा गएको थियो । पहिलो पटकको भूकम्प ४.१ म्याग्निच्युडको भएको केन्द्रले जनाएको छ ।
त्यस्तै, दोस्रो पटक भूकम्प सोमबार राती नै करिब साढे ७ घण्टाको फरकमा बिहान ४ बजेर ५३ मिनेटमा गएको थियो । त्यसबेला ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।
यसो त जाजरकोटको पैंकलाई नै केन्द्रबिन्दु बनाएर गत चैत २१ गते पनि दुई पटक भूकम्प गएको थियो । त्यसबेला पहिलो पटक गएको भूकम्प ५.२ र दोस्रो पटक गएको भूकम्प ५.५ म्योनिच्युडको रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्