काठमाडौँ । पठाओबाट ठूला गाडी र बस पनि बुक गर्न मिल्ने भएको छ । पठाओमार्फत अब कार, एसयूभी, माइक्रो, मिनी बस र ठूला बस पनि बुक गर्न मिल्ने भएको हो ।
हाल बाइक र ट्याक्सीमार्फत सेवा दिँदै आएको पठाओले अब भने ‘पठाओ रेन्टल’ सेवामार्फत ठूला गाडी भाडामा लिन सकिने सुविधा पनि सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सुविधा अन्तर्गत ग्राहकले आफू अनुकुल कार, एसयूभी, माइक्रो, मिनी बस र ठूला बस बुकिङ गर्न सक्नेछन् ।
यसरी ठूला गाडी बुक गर्दा प्रयोगकर्ता आफैँले भाडादर प्रस्ताव गर्न सक्ने कम्पनीले जनाएको छ । यद्यपि भाडादर भने दुवै पक्षबीचको सहमतिपछि तय गरिनेछ । कम्पनीका अनुसार निर्धारित भाडादरमा सडक दस्तुर, पार्किङ, इन्धन र रात्रिकालीन बसाइ लगायतका सबै खर्च समेटिनेछ ।
उक्त सुविधा अन्तर्गत विवाह, पिकनिक, पर्यटन तथा कार्यालय प्रयोजनका लागि आवश्यकता अनुसार गाडी बुकिङ गर्न मिल्नेछ । यसरी गाडी बुकिङ गर्दा कम्तीमा एक घण्टा अगाडि वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सकिने कम्पनीले जनाएको छ । उक्त सेवामा पनि अन्य सेवाजस्तै बीमाको सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । ग्राहकले पठाओमा दिइएको नम्बरमा सम्पर्क गरेर पनि गाडी बुक सक्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्