काठमाडौँ । एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम झिक्न मिल्ने भएको छ। बैंकले आफ्ना ग्राहकहरु तथा इसेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले यस्तो सुविधा ल्याएको हो।
बैंकको एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने गरी यस्तो सेवाको शुरुवात बैंकले गरेको छ । मुलकभर रहेका यस बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिने बैंकले जनाएको छ।
इसेवा एप लगिन गरेर फाइनान्सियल पेमेन्टस अन्तर्गत रहेको एटिएम विथड्रलमा एनआईसी एशिया बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशन अनुसार रु १०००, रु २०००, रु ३०००, रु ४००० र रु ५००० रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नुपर्छ ।
त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटिपी कोड प्राप्त हुनेछ । अब एनआईसी एशिया बैंकको एटिएममा रहेको कार्डलेस विथ ड्रल अप्सनमा गएर अदर कार्डलेस र त्यसपछि इसेवा छनौट गर्नुपर्छ ।
यसअघि मोबाइल नम्बरमा प्राप्त ओटिपीकोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ । हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्