×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२८ सार्वजनिक संस्थान नाफामा, १६ वटा घाटामा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२८ सार्वजनिक संस्थान नाफामा, १६ वटा घाटामा 

Artha Sarokar

१५ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर सञ्चालित ४५ सार्वजनिक संस्थानमध्ये २८ सार्वजनिक संस्थान नाफामा गएका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा २८ वटा संस्थान नाफामा गएको उल्लेख गरिएको छ । 

त्यस्तै, उक्त आर्थिक सर्वेक्षणमा १६ वटा सार्वजनिक संस्थान घाटामा गएको र दुई वटा संस्थान बन्द अवस्थामा रहेको पनि उल्लेख गरिएको छ । 

चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो ।

त्यस्तै, घाटामा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी