Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकको ३१औँ वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीहरू सम्मानित

अर्थ सरोकार

काठमाडौँ। महालक्ष्मी विकास बैंकले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीहरूलाई सम्मान गरेको छ। बैंकले जेठ ७ गते ३१औँ वार्षिकोत्सवको अवसरमा जेठ ४ गतेदेखी जेठ १० गतेसम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरूमार्फत विभिन्न कार्यक्रमहहरूगरी सम्मान गरेको हो ।

वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेतप्रबर्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । साथै, बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरू र बैंकको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यत्रमहरु मार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो । बैंकले जेष्ठ ७ गते बुधबार केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरूमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो ।

बैंकको केन्द्रिय कार्यालयमा नि:शुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै, केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरू जस्तै मोबाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।

वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको ?पमा रहेको र विगत ३ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग-२०२५, श्रृङखला ४०२४ टिमको सहभागितामा बैंकले जेष्ठ २१, २२, २३ र २४ गते सञ्चालन गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK