काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट चोरी भएका ल्यापटप एक वर्षपछि फेला परेका छन् । ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराइएका ११ वटा ल्यापटपमध्ये हराइरहेका आठवटा ल्यापटप फेला परेका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिएका छन् ।
विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् २०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरिएको थियो । घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । खोजीका क्रममा तीनवटा ल्यापटप मात्र बरामद भएका थिए ।
प्रहरी, शिक्षक र वडाअध्यक्षको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा बाँकी आठवटा ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला पारेको अध्यक्ष वनेमले बताए । विद्यालयजस्तो पवित्र ठाउँबाट यस किसिमका सामुदायिक सम्पत्तिको चोरी हुनु निकै निन्दनीय र चिन्ताजनक विषय भएको उनको भनाइ छ ।
उक्त घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र यस्ता अपराधीलाई संरक्षण नगर्न सरोकारवालाहरूलाई वनेमले आग्रहसमेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्