×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्खेत विमानस्थलको रनवेमै खाल्डो पर्यो, सबै उडान ठप्प ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुर्खेत विमानस्थलको रनवेमै खाल्डो पर्यो, सबै उडान ठप्प ! 

Artha Sarokar

८ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो ।

पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा पनि जमिनमुनिबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिएका छन् । बिहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भएपनि अर्को ठाउँको समस्याले फेरी दुई दिनका लागि विमानस्थल बन्द गरिएको काफ्लेले बताए ।

‘पहिले भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकिए पनि नजिकै १० मिटरको दूरीमा पुनः अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएको छ ।’, काफ्लेले भने, ‘दुई दिनमा काम सकेर विमानस्थल सञ्चालन सञ्चालनमा ल्याउने प्रयासमा छौँ । खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो ।’

नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो । शनिबारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जानकारी दिएको छ । सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत-काठमाडौं-सुर्खेत रुटमा उडान भर्दै आएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी