Skip to content
LAXMI SUNRISE BANK

‘ऋणीको धितोलाई कौडीको भाउमा लिलाम गर्नु ठगी हो’

अर्थ सरोकार

काठमाडौँ। प्रतिनिधि सभा सदस्य बिना जैसवालले बैंकहरुले ऋणीको धितोलाई कौडीको भाउमा लिलाम गरेको भन्दै ठगीको आरोप लगाएकी छिन्। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्।

उनले बैंक तथा वित्तीय संस्थाहरूलाई धितोको भ्यालुएसन नगरी सम्पत्ति कौडीको भाउमा लिलामी गरेर ठगी गरेको आरोप लगाएकी छन्।

जैसवालले बैंकहरूले ऋण रिकभरी सुनिश्चित गर्नका लागि नेपाल राष्ट्र बैंकको गाइडलाइन्सको पालना नगरी ऋणीलाई थप कठिनाइ र दस्तुरकोमार्फत ऋण दिने गरेको  बताएकी छिन्। तर, समय सापेक्ष ऋण खराब ऋणमा परिणत भएपछि एक समयमा राम्रो भ्यालुएसन गरेको धितो बापत राखेको सम्पत्तिलाई कौडीको भाउमा सीमित व्यक्तिहरूको लागि लिलामीमा राख्नु ठगी भएको उनले बताएकी छन्।

यस विषयमा नेपाल राष्ट्र बैंकको जिम्मेवारी सुनिश्चित गर्न र भ्यालुएसनको पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। साथै, उनले बैंकहरूले २४ सैँ घण्टा एटीएम सेवा दिनुपर्ने र व्यापार फेयर र इथिकल हुनुपर्नेसमेत उल्लेख गरेकी छिन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK