×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भण्डारी सेवा समाज नेपालको मोरङ जिल्ला सम्मेलन सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भण्डारी सेवा समाज नेपालको मोरङ जिल्ला सम्मेलन सम्पन्न

Artha Sarokar

१ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भण्डारी सेवा समाज नेपाल (रघुवंशी, कौशिक गोत्रीय)को मोरङ जिल्ला सम्मेलन सम्पन्न भएको छ । मोरङको होक्लाबारीमा समाजको प्रथम मोरङ जिल्ला सम्मेलन सम्पन्न भएको हो ।

समाजका ज्येष्ठ सदस्य भक्त बहादुर भण्डारीको अध्यक्षमा सम्पन्न भएको उक्त सम्मेलनमा समाजको केन्द्रीय उपाध्यक्ष एवम् मधेश प्रदेश इन्चार्ज कुमार भण्डारी, केन्द्रीय सदस्य देवी बहादुर भण्डारी, भक्तपुर जिल्ला अध्यक्ष परीन्द्र भण्डारी र समाजका बुद्धिजिवी सूर्य बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो । सम्मेलनको सञ्चालन रबिन भण्डारीले गरेका थिए ।

सम्मेलनले देबेन्द्र भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ भने टेक बहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

सम्मलेनको सम्बोधन गर्दै समाजका केन्द्रीय उपाध्यक्ष कुमार भण्डारीले हालसम्म भण्डारी सेवा समाज नेपालले (रघुवंशी, कौशिक गोत्रीय)ले देशभरका ५६ जिल्लाका भण्डारी दाजुभाईलाई समेटिसकेको बताएका छन् । उनले २०६५ असोज ३ गते स्थापना भएको उक्त समाज रघुवंशी कौशिक गोत्रीय दाजुभाइहरुको साझा संस्था भएको पनि बताएका छन् ।

त्यस्तै, उनले संस्थाले भण्डारी दाजुभाईको स्वास्थ्य, शिक्षाको क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको र हालसम्म पाँचवटा अस्प्तालमा सम्झौता गरिसक्नुका साथै विभिन्न शीर्षकमा ५० प्रतिशतदेखि १५ प्रतिशतसम्म उपचार छुटको समेत व्यवस्था गरेको जानकारी दिएका छन् । यता समाजका केन्द्रिय सदस्य देवी बहादुर भण्डारीले देशभर छरिएर रहेका रघुवंशी कौशिक गोत्रीय दाजुभाईहरुलाई एक भएर अघि बढ्नका लागि आह्वान समेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी