काठमाडाैं । भण्डारी सेवा समाज नेपालको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार काठमाडौंमा भव्यताकासाथ भण्डारी समाजले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभा कुल घर र मुल घर जोड्नको निम्ति भण्डारी सेवा समाज नेपालको अभियान भन्ने मूल नाराका साथ सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा देशभरका भण्डारीहरू पनि सहभागि भएका थिए ।सभाको अध्यक्षतामा भण्डारी सेवा समाजका केन्द्रीय अध्यक्ष बीरबहादुर भण्डारी रहेका थिए । उनले समाजका आर्थिक रुपले बिपन्न, बिरामी , अप्ठ्यारोमा परेका भण्डारीहरुका साथै अन्य समूदायका व्यक्तिहरुलाई पनि समाजले सहयोग गर्ने जानकारी दिए । भण्डारीहरुको पहिचान, परिचय र एकआपसमा सहयोग आदानप्रदान र भण्डारीहरुको सशक्त एकताको लागि समाजलाई अगाडि बढाउने समाजको मुख्य उद्धेश्य रहेको पनि उनले बताए।
केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख कुमार भण्डारीले स्वागत मन्तव्य राख्दै देश विदेशमा रहेका दाजुभाइलाई संगठन मार्फत जोडेर अगाडी बढ्ने धारणा व्यक्त गरे ।

भण्डारी सेवा समाजका संरक्षक जीवन भण्डारीले भण्डारी समाजले विगत १६ वर्षदेखी समाजका लागी काम गर्दै आएको बताए ।उनले भने ‘देशभर रहेका भण्डारीहरुको लागि मात्र नभएर समस्यामा परेकाहरुका लागि सहयोग गर्न हामी जुटेका हौ’ ।
वार्षिक साधारणसभामा भण्डारी सेवा समाजका पदाधिकारी, समाजका संरक्षक, सदस्य र भण्डारी समाजमा आवद्ध समाजसेवी व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रमकोसाथमा नाँचगान र नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै अधिकांश व्यक्तिहरुले सामाजिक काममा सहभागिता जनाउने, एक आपसमा सहयोग आदान प्रदान गर्ने र भण्डारी समाजलाई अन्य समाजभन्दा नमुना समाजको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुर्याउने भण्डारीहरुलाई सम्मानितसमेत गरिएको थियो । कार्यक्रममा समाजले नयाँ वर्ष २०८२को क्यालेण्डर पनि बिमोचन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्