Skip to content
LAXMI SUNRISE BANK

विकास हाइड्रोपावरको आइपीओ बिक्री खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन मिल्ने

अर्थ सरोकार

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले जेठ ६ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३ सय रुपैयाँमध्येबाट आयोजना प्रभवित स्थानीयका लागि ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँका दरले ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्कासन गरेको छ ।

त्यस्तै, कम्पनीले ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको छ ।

उक्त सेयरमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन जेठ २० गतेसम्म दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK