काठमाडौँ । माण्डु हाइड्रोपावरको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३२.१८ प्रतिशतले घटेको हो ।
विद्युत बिक्री आम्दानी घटेपछि कम्पनीको खुद नाफा घटेको हो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत २० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने कम्पनीको आम्दानी घटेपछि नाफा पनि घटेको छ । चैत मसान्तसम्म कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ३२.१८ कम हो ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २३.८९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा पनि २४.०८ प्रतिशतले घटेको छ । कम्पनीको वित्तीय खर्च पनि २८.४० प्रतिशत घटेको छ ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपिएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको ईपिएस ६ रुपैयाँ ९७ पैसा घटेर १४ रुपैयाँ ६९ पैसामा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.६९ गुणा रहेको छ । १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६२ करोड ८६ लाख रुपैयाँ सञ्चित छ ।