काठमाडौँ । रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा बम्जनलाई थुनामा पठाउन जिल्ला अदालत सर्लाहीले आदेश दिएको हो । न्यायधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।
गत फागुनमा उनीविरुद्द सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो । उनको कुल सम्पत्तिमध्ये ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँको स्रोत भेटिएको थिएन । बम्जनले उक्त रकमलाई भक्तहरुले दिएको दान भएको बताउँदै आएका छन् ।
त्यस्तै,केहि समय अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बुढानिलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मार्दा १६ वटा देशको मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको थियो । बमजनको नाममा चितवनमा जग्गा, विदेशी मुद्रा र महँगा सवारीसाधन भेटिएको प्रहरीले जनाएको छ ।
यौन दुर्व्यवहारको आरोप समेत लागेका बम्जनलाई उच्च अदालत जनकपुरले भने सफाई दिएको छ । यसअघि जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई २०८१ असार १७ गते १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्