Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच छुट सम्झौता

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिर्साेटबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकलाई रिसोर्टमा उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतामा इला कम्फर्ट होटल एण्ड रिर्साेटका तर्फबाट महा-प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेडका तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत (एन.बि.सि.ओ.) राजु रानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्फर्ट होटल एण्ड रिसोर्ट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्ने रिसोर्टले जनाएको छ ।

प्रभु बैंक तथा इला कम्फर्ट होटल एण्ड रिसोटबीच भएको यो साझेदारीले बाग्लुङ पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने विश्वास गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK