Skip to content
LAXMI SUNRISE BANK

२ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालतका कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ । अख्तियारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट राम लखन बानियाँलाई पक्राउ गरेको हो ।

उनी जिल्ला अदालतमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ  । 

बानियाँलाई बुटवलबाट खटिएको अख्तियारको टोलीले पाल्हिनन्दन गाउँपालिका-२ बेलासपुर चोकबाट पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई घुसबापत लिएको दुईलाख रुपैयाँसहित पक्राउ गरिएको हो ।

उनीमाथि लागूऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्तिलाई छुटाइदिने भन्दै घुस लिएको आरोप छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK