Skip to content
LAXMI SUNRISE BANK

डिशहोम ईन्टरनेटको ब्राण्ड एम्बेसडरमा दिव्या रायमाझी नियुक्त

अर्थ सरोकार

काठमाडौँ । डिशहोम ईन्टरनेटको ब्राण्ड एम्बेसडरमा दिव्या रायमाझी नियुक्त भएकी छिन् । ब्राण्ड एम्बेसेडर सम्झौता कार्यक्रम डिशहोमको कर्पोरेट कार्यालयमा सम्पन्न भएको हो । उक्त सम्झौतामा डिशहोम ईन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरेका छन् ।

चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम ईन्टरनेटले आफ्नो ब्राण्ड दृष्टिकोणसँग आत्मसाथ गरेको हो ।

‘हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौं । दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन् । उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रुपमा जोड्न मद्दत पुर्‍याउनेछ ।’ डिशहोमका बजार अधिकृत संजय प्रसाद राजभण्डारीले भने ।

त्यस्तै, दिव्या रायमाझीले प्रतिक्रिया दिँदै भनिन्, ‘डिशहोम ईन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो। यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो ।’

डिशहोम ईन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ र ‘माई डिशहोम’ मोबाइल एपमार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाएको छ ।

यस सहकार्यमार्फत डिशहोम ईन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने, र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउने उद्देश्य लिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK