Skip to content
LAXMI SUNRISE BANK

डिभी लोटरीको नतिजा सार्वजनिक, कसरी हेर्ने ? 

अर्थ सरोकार

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत नतिजा सार्वजनिक गरेको हो । 

डिभी नतिजा हेर्न आफ्नो कन्फर्मेशन नम्बरसँगै थर र जन्मेको वर्ष इन्ट्री गर्नुपर्छ । अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा दिइएको लिंकमा क्लिक गरी नतिजा सजिलै हेर्न सकिनेछ । 

डिभी पर्नेहरुले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् भने सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्नेछ । सो अवधिभित्र भिसा प्रक्रिया पूरा नगर्नेहरु स्वतः अयोग्य ठहरिनेछन् । 

डिभी पर्ने र भर्नेहरुलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म आफ्नो कम्फर्मेशन नम्बर सुरक्षित राख्न पनि अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK