Skip to content
LAXMI SUNRISE BANK

आर्थिक सर्वेक्षण: कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च

अर्थ सरोकार

काठमाडौँ। कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च भएको पाइएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्ष २०८१-८२ को सर्वेक्षणमा कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च भएको जनाएका हुन्।
चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये ११ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको हो ।  आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि रु ३६ अर्ब १५ करोड विनियोजन गरिएको उल्लेख छ ।
कृषि अनुदानमा गत आर्थिक वर्ष रु ३६ अर्ब १३ करोड ८० लाख विनियोजन गरिएको थियो । त्यसमध्ये रु २९ अर्ब ३१ करोड ८८ लाख खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा उखु किसानलाई उखु प्रवर्द्धन खर्चबापत रु दुई अर्ब २५ करोड विनियोजन गरिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK