काठमाडौँ । ग्लोबल ब्यूटी एकेडेमी ‘आइएसएएस’ काठमाडौँमा सुरु हुने भएकाे छ । अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा बिख्यात भक्ति साप्केले ब्युटी एकेडेमीको अन्तर्राष्ट्रिय ब्रान्ड इन्टरनेशनल स्कूल अफ एस्थेटिक्स एन्ड स्पा (आइएसएएस) को शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु हुने भएकाे हाे ।
करिब दुई दशक भन्दा लामो अनुभव भएकी साप्के सिडेस्को सेक्सन युएइकी अध्यक्ष हुन् । उनको नेतृत्वमा आइएसएएसले भारत, दुबई पछि नेपाल र श्रीलङ्का प्रवेशसँगै ११ आउटलेट बिस्तार गरेको छ भने अमेरिकामा शाखा खोल्ने तयारी अघि बढाएको छ । नेपालको उदीयमान सम्भावना, सृजनात्मक प्रतिभा र दक्ष जनशक्तिको बढ्दो मागप्रतिको विश्वासका कारण नेपाल आफ्नो रोजाईमा परेको साप्केले बताइन् ।
‘हामी केवल स्कुल सुरु गर्दै छौँ भन्ने होइन,” साप्के भन्छिन्, “यहाँ जोशिला प्रतिभाले विश्वस्तरका तालिम, अन्तर्राष्ट्रिय प्रमाणपत्र र वास्तविक करियरको बाटो पहिल्याउन सक्नेछन् ।’
गणतन्त्र दिवसकै दिनबाट सुरु हुने आइएसएएस नेपाल शाखामा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सन लगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय पाठ्यक्रम रहनेछन् । यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एल ए पी टी (लन्डन), के एच डी ए र डी एच ए (दुबई) तथा टी भी ई टी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।
छोटा तथा लामा पाठ्यक्रमका दुबै विकल्प भएकाले विद्यालय, कलेज उत्तीर्णदेखि विदेश जान चाहने, करियर परिवर्तन गर्ने चाहने, नयाँ उद्यम थाल्ने वा सीप अभिवृद्धि गर्न चाहने सबैका लागि यो केन्द्र उपयुक्त हुनेछ । तालिमले विद्यार्थीलाई युरोप, मिडल इस्ट, क्यानडा, अष्ट्रेलिया आदि क्षेत्रमा पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेसन शो जस्ता रोजगारीका अवसरमा सहज पहुँच दिलाउनेछ ।
प्राविधिक सीपसँगै आइएसएएस नेपालले सफ्ट स्किल, उच्चतम ग्राहक सेवा, व्यवसाय व्यवस्थापन एवं खुद्रा बिक्रिको ज्ञानमा पनि जोड दिनेछ । सलुन, स्पा, नेल बार, ब्राइडल स्टुडियोजस्ता आफ्नै उद्यम सञ्चालन गर्न इच्छुकले उचित परामर्श र प्रशिक्षण पाउनेछन् ।
भक्ति साप्के स्वयं टाइमस् फ्यासन विक, फेस अफ इन्डिया, पुने फ्यासन विक लगायत ५० भन्दा बढी उच्चस्तरीय फेसन तथा ब्यूटी इभेन्टमा हेयर र मेकअप आर्टिस्टका रूपमा सहभागी भइसकेकी छिन् । पछिल्ला १४ वर्षमा आइएसएएसबाट ९,००० भन्दा बढी विद्यार्थी स्नातक भई विश्वभर सफल करियर बनाइरहेका छन् ।
साप्के कस्मोप्रोफ वर्ल्डवाइड, प्रोफेसनल व्युटी जीसीसी, व्युटी वर्ल्ड मिडलइष्ट, जस्ता अन्तर्राष्ट्रिय मञ्चमा नियमित वक्ता र निर्णायक रहिआएकी छन्, जसले नेपालका विद्यार्थीलाई पनि विश्वस्तरको नेटवर्क र एक्सपोजर दिलाउनेछ ।
साप्केका अनुसार आइएसएएसले नेपालका सौन्दर्यप्रेमी युवा, उद्यमीहरूलाई आइएसएएसको अन्तर्राष्ट्रिय मार्ग प्रयोग गरी आफ्नो प्रतिभा विश्वमा उजागर गर्न मार्गप्रसस्त गर्नेछ । उत्कृष्टताको इतिहास र रूपान्तरणको दृष्टिकोणले प्रेरित आइएसएएस नेपालले नेपालको सौन्दर्य शिक्षालाई नयाँ परिभाषा दिने अपेक्षा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्