काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि २० खर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । दुई पार्टी मिलेर बनेको सरकारले दुवै पार्टीको ‘इन्ट्रेस्ट’का आयोजनाहरुलाई ठाउँ दिनुपर्ने भएपछि २० खर्ब बढीको बजेट ल्याउने तयारी गरेको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको आकार २० खर्ब ८८ अर्ब २१ करोड पुग्ने अनुमान गरिएको छ ।
यसो त राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो । तर, बजेटको आकार समितिले दिएको सिलिङ भन्दा माथि जाने देखिएको छ ।
यद्यपि अझै पनि बजेटको आकार घटाउने प्रयास भइरहेको बताइएको छ । तर, दुई ठूला दलहरुको कार्यक्रमलाई बजेटमा राख्नुपर्दा बजेटको आकार बढ्ने पक्का देखिएको स्रोतका दाबी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्