काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनिएकोप्रति आपत्ति जनाएका छन् । वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनिएकोप्रति आपत्ति जनाएका हुन् ।
उनले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ र निजी क्षेत्रलाई ‘बिचौलिया’ भनिएकोप्रति आपत्ति जनाउँदै त्यसो नभन्न र नगर्न पनि आग्रह गरेका छन् ।
त्यस्तै, उद्योगमन्त्री भण्डारीले राजनीतिक सही ढंगले परिचालित भए व्याप्त निराशा चिर्न सकिने पनि बताएका छन् । उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको प्रशंसा गर्दै उद्योगीहरुका माग सम्बोधन गर्दा दलाल, बिचौलियासँग सरकारको मिलेमतो छ भन्नू गलत भएको भन्दै आपत्ति जनाएका छन् ।
नेपालको खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भण्डारीको भनाई छ । उनले आगामी बजेटमा निजी क्षेत्रका माग र मुद्दा समेटिने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, उनले लगानी प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको भन्दै जलविद्युत क्षेत्रमा लगानीको वातावरण सुनिश्चित गरिएको पनि दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्