काठमाडौँ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा डोलेश्वर भिलेज रिसोर्टका अध्यक्ष रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार, सिटिजन्स क्यापिटलले डोलेश्वर रिसोर्टलाई प्रा.लि. बाट सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को तयारीका लागि परामर्श सेवा प्रदान गर्नेछ ।
वि.सं. २०७६ देखि सञ्चालनमा आएको डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरको डोलेश्वर क्षेत्रमा करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल १५ कोठासहित सञ्चालनमा रहेको रिसोर्टले कोठाको संख्या ३५ पुर्याउने र स्वीमिङ पुल निर्माण गर्ने योजना बनाएको छ। यी विकास कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।
रिसोर्टमा ३०० जनासम्म अट्ने क्षमताका तीन वटा सभा हलहरू रहेका छन् । विवाह, ब्रतबन्ध, गोष्ठी, सेमिनार तथा पिकनिक जस्ता कार्यक्रमका लागि उपयुक्त स्थलको रूपमा यसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको छ । साथै, प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिरबाट यो रिसोर्ट करिब २०० मिटरको दूरीमा अवस्थित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्