काठमाडौँ । जापानका कृषिमन्त्री ताकु एतोले पदबाट राजिनामा दिएका छन् । ‘चामल किन्नु पर्दैन’ भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका कृषिमन्त्री एतोले अन्ततः पदबाटै राजिनामा दिएका हुन् ।
उनले केही दिनअघि सार्वजनिक रुपमा आफूले कहिल्यै चामल किन्न नपरेको र आफूलाई चामल समर्थकहरुले दिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिपछि उनी विवादमा तानिएका थिए ।
ऐतुको सोही अभिव्यक्तिलाई लिएर जापानको उनको ठूलो आलोचना समेत भएको छ । यतिसम्म की कृषिमन्त्री एतोको उक्त अभिव्यक्तिको विषयमा जापानको संसद्मा समेत चर्चा चलेको थियो । संसद्मा पनि अन्य सांसदहरुले उनको सो अभिव्यक्तिप्रति आलोचना गरेका थिए ।
अर्कोतर्फ जापानमा पछिल्लो एक वर्षमा चामलको मूल्य दोब्बरले बढेको छ । तर, चामलको मूल्य महँगिएका बेला कृषिमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए । विवाद बढेपछि र चर्को आलोचना हुन थालेपछी उनले पदबाटै राजिनामा दिएका छन् । उनले चामलको मूल्य बढेको बेला सो अभिव्यक्ति दिन अनुपयुक्त भएको महसुस गर्दै पदबाट राजिनामा दिने निर्णय गरेको ऐतोले बताएका छन ।