काठमाडौँ । यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु ६० करोड ९० लाख राजस्व संकलन गरेको छ ।
यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ४५ करोड ७५ लाख ७३ हजार र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार राजस्व संकलन गरिएको छ ।
त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १० लाख ५६ हजार, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको) बाट रु ९० लाख ७८ हजार तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख ९६ हजार राजस्व संकलन भएको छ । कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्यांकमा उल्लेख छ ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा रु ५६ करोड २८ लाख ९२ हजार राजस्व संकलन गरेको थियो । कार्यालयको चालु आर्थिक वर्षको वैशाख र अघिल्लो आर्थिक वर्षको वैशाख महिनासम्मको राजस्व संकलनको तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्षमा रु चार करोड ६१ लाख बढी राजस्व संकलन भएको छ ।
कार्यालयले अघिल्लो आव २०८०/८१ मा विभिन्न राजस्व शीर्षकबाट रु ६५ करोड ३१ लाख ६३ हजार राजस्व संकलन गरेको थियो । चालू आवको बेरुजु रकम रु एक लाख १९ हजार रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्