×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलले पायो सेयर अण्डरराईटिङको जिम्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलले पायो सेयर अण्डरराईटिङको जिम्मा

Artha Sarokar

१३ जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आइपिओ निष्काशनको पाइपलाईनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सेयर अण्डरराईटिङ (धितोपत्र प्रत्याभूति)को जिम्मा एलिट क्यापिटल लिमिटेडलाई दिएको छ । मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबीच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो । उक्त सम्झौतामा  कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध संचालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन् ।

कान्तिपुर फर्मास्यूटिकल्सले १०० रुपैयाँ अंकित मूल्यमा १७ लाख कित्ता सेयर निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

सन् २०१८ सालमा स्थापित भएको कम्पनीले भेटेरिनरी सम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् ।

हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी