काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको बैशाख ३१ गते बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम ५ अर्ब रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर घोषणा गरेको हो ।
उक्त प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा प्राधिकरण र एलआइसी नेपालको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीमा वितरण हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्