Skip to content
LAXMI SUNRISE BANK

आँपको सिजन सुरु, कति छ मूल्य ?

अर्थ सरोकार

काठमाडौँ । नेपाली बजारमा आँप आउन थालेका छन् । आपँको सिजन सुरु भएसँगै बजारमा काँचो र पाकेको दुवै आँप आउन थालेका हुन् ।

मालदह, दसहरी र बमोईलगायतका आँप बिक्रीका लागि तरकारी तथा फलफुल बजारमा आइसकेका छन् । हाल बजारमा लहानबाट आँप आउने गरेको व्यवसायीहरुले बताएका छन् ।

बल्खु बजारमा मालदह आँप प्रतिथोक मूल्य न्यूनतम एक सय, दसहरी एक सय पाँचदेखि एक सय १० र बमोई आँप ८० रूपैयाँ किलोमा बिक्री भइरहेको छ ।

त्यस्तै, काँचो आप भने प्रतिकेजी ४० देखि ५० रुपैयाँमा किनबेच भईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK