काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
सरकारले जेठ १५ गते ल्याउन लागेको आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेटका विषयमा घनिभूत छलफल चलिरहेका बेला अर्थमन्त्री शीतलनिवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन् ।
भेटमा अर्थमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे जानकारी गराएका थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन पौडेलका अनुसार अर्थमन्त्री र राष्ट्रपतिबीचको भेटवार्ता पूर्णतहः बजेटबारे केन्द्रित थियो ।
सरकारले जेठ १५ गते संवैधानिक व्यवस्था अनुसार १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । सरकारले आजै आर्थिक सर्वेक्षण समेत सार्वजनिक गर्दैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्