काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ ९ गतेदेखि आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी सात दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।