काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले जेठ ४ गते आइतबार २४ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार उक्त उपकरणको बोलकबोल प्रक्रिया आइतबार नै सम्पन्न हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
यो उपकरण २१ दिनका लागि लागु हुनेछ, जसको साँवा तथा ब्याज भुक्तानी मिति जेठ २५ गते तोकिएको छ । यस निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने जनाईएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्मको माग गर्न सक्नेछन् । अधिकतम सीमा नाघेपछि बाँकी माग निःशेष हुनेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्