काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले जेठ ४ गते आइतबार २४ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार उक्त उपकरणको बोलकबोल प्रक्रिया आइतबार नै सम्पन्न हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
यो उपकरण २१ दिनका लागि लागु हुनेछ, जसको साँवा तथा ब्याज भुक्तानी मिति जेठ २५ गते तोकिएको छ । यस निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने जनाईएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्मको माग गर्न सक्नेछन् । अधिकतम सीमा नाघेपछि बाँकी माग निःशेष हुनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्