Skip to content
LAXMI SUNRISE BANK

नेप्से अब चार दिन नखुल्ने

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अब चार दिन नखुल्ने भएको छ । सरकारले आज (जेठ १५) गते गणतन्त्र दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै बिहीबार (आज) सेयर बजार बन्द रहनेछ ।

भोलि (जेठ १६ गते) शुक्रबार र शनिबार (जेठ १७ गते) नियमित तालिका अनुसार नेप्से बन्द नै रहनेछ ।

त्यस्तै, आइतबार भोटो जात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । सो दिन पनि नेप्से बन्द रहनेछ ।

यसर्थ जेठ १४ गते (बुधबार) १७.४४ अंकले बढेर २६९३.०६ बिन्दुमा पुगेर बन्द भएको सेयर बजार अब सोमबार  (जेठ १९ गते) मात्र खुल्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK