काठमाडौँ । प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
करिब दुई घण्टा ढिला गरी बैठक सुरू भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । ‘भिजिट भिषा’ प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक सञ्चालन हुन नसक्ने प्रतिपक्षीको अडानका कारण आज पनि नियमित कारबाहीमा अगाडि बढ्न सकेन ।
सभामुख देवराज घिमिरेले पटकपटक बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्षीलाई आग्रह गरे । उनले दलीय आधारमा आफ्ना कुरा राख्न र गृहमन्त्री रमेश लेखकले समेत समय माग गरेकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे । उहाँको पटकपटकको आग्रहलाई समेत विपक्षी दलले अस्वीकार गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
मंगलबार पनि प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्