काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमले घटाएर सार्वजनिक गरेको पेट्रोलियम मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ ।
योसँगै अब पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको मूल्य १ सय ४२ रुपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै, दोस्रो वर्गमा पेट्रोल १ सय ५७ रुपैयाँ र डिजेल र मट्टितेल १ सय ४४ रुपैयाँ पर्नेछ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो वर्गमा काठमाडौँ, दिपायल र पोखरा पर्छन् ।
त्यस्तै, तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर १ सय ५८ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ४५ रुपैयाँ पर्ने भएको छ । त्यसबाहेक निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्