काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । इन्स्योरेन्सले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ११० जना विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमकाबीच झोला वितरण गरेको छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, शिक्षक अभिभावक सँघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
स्थानीय तहको शिक्षा विकासमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा यस्ता पहलहरूले विद्यार्थीको पठनपाठनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्